Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७९ मङ्सिर ८ बिहीबार १५:०६:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

सिरहा २ (ख) मा पूर्वमन्त्री सिंहको जित सुनिश्चित

Read Time : < 1 मिनेट
२०७९ मङ्सिर ८ बिहीबार १५:०६:००

सिरहा क्षेत्र नम्बर २ (ख) बाट पूर्व पर्यटन राज्यमन्त्री शत्रुधन सिंह कोइरीको प्रदेश सभा सदस्यमा जित सुनिश्चित भएको छ।

नेकपा एमालेका पूर्वराज्यमन्त्री सिंहले प्रदेश सभा सदस्य १३३९७ मत पाएका छन्। नेकपा एकीकृत समाजवादीबाट निर्वतमान प्रदेश सभा सदस्य मदन सेन प्रसाद श्रीवास्तवले ११०२५ मत पाएका छन्। 

मनोनयन दर्ताको दिन जसपा परित्याग गरी नेकपा एमाले प्रवेश गरेर उम्मेदवार बनेका थिए। प्रदेश सभा सदस्यमा निर्वाचित हुने पक्का भएका पूर्वराज्यमन्त्री सिंह २०७४ मा प्रतिनिधि सभा सदस्यमा सिरहा क्षेत्र नम्बर २ बाट पराजित भएका थिए। 

२०७४ मा नेकपा माओवादी केन्द्रका सुरेश चन्द्र दास २०१४८ मतले विजयी हुँदा पूर्वराज्यमन्त्री सिंहले संघीय समाजवादी फोरमबाट उम्मेदवारी दिँदै १७ हजार २६० मतका साथ दोस्रो भएका थिए। २०६४ मा मधेश आन्दोलनको रापतापले गर्दा पहिलो संविधान सभा सदस्यमा निर्वाचित भएका थिए।