मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
मोहन विष्ट कञ्चनपुर
२०७९ मङ्सिर ८ बिहीबार १२:३३:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

कञ्चनपुर क्षेत्र १(ख) कांग्रेसका विष्ट निर्वाचित 

Read Time : < 1 मिनेट
मोहन विष्ट, कञ्चनपुर
२०७९ मङ्सिर ८ बिहीबार १२:३३:००

कञ्चनपुर निर्वाचन क्षेत्र १(ख)मा नेपाली कांग्रेसका नेता दिवान सिंह विष्ट निर्वाचित भएका छन । वाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवार विष्टले आफ्ना निकटतम प्रतिद्वन्दी एमालेका नेता पल्लवराज भट्टलाई नौ सय १७ मतको अन्तरले हराउँदै प्रदेश सभा सदस्यमा निर्वाचित भएका हुन् । 

विष्टले ८ हजार पाँच सय२०, भट्टले सात हजार ६ सय तीन मत ल्याएका थिए । एमालेबाटै बागी उठेका टेक बहादुर साउदले पाँच हजार सात सय १३, नागरिक उन्मुक्ति पार्टीका गिता चौधरीले पाँच हजार पाँच सय दुई, नागरिक उन्मुक्ति पाटीकै बागी नेत्रलाल चौधरी ९२६, राप्रपाका धिरज विक्रम सिहले एक हजार चार सय ३५, लोकतान्त्रिक समाजवादीका बुझौना चौधरीले तीन सय ६५, नेपाल मजदुर किसान पाटीका हर्क बहादुर क्षेत्र ७८ मत ल्याएका थिए ।

उक्त निर्वाचन क्षेत्रमा ४९ हजार, ४५८ मतदाता मध्ये ३० हजार १४२ मत सदर भएकाे थिए ।