१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
मोहन विष्ट कञ्चनपुर
२०७९ मङ्सिर ८ बिहीबार १०:०७:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

कञ्चनपुर ३ (ख) मा कांग्रेसका बेल बहादुर निर्वाचित 

Read Time : < 1 मिनेट
मोहन विष्ट, कञ्चनपुर
२०७९ मङ्सिर ८ बिहीबार १०:०७:००

कञ्चनपुर ३ (ख) मा नेपाली कांग्रेसका नेता बेल बहादुर राना निर्वाचित भएका छन् । सत्ता गठबन्धनका उम्मेदवार रानाले एमाले–राप्रपा गठबन्धनका उम्मेदवार सुरेन्द्र विष्टलाई चार हजार सात सय १३ मतान्तरले हराउँदै प्रदेश सभा सदस्यमा निर्वाचित भएका हुन् । 

कांग्रेस महाधिवेशन सदस्य राना दोस्रो पटकको प्रयासमा संसदीय यात्रामा सफल भएका छन् । उक्त क्षेत्रबाट पाँच उम्मेदवार चुनावी मैदानमा थिए । नेपाल मजदुर किसान पाटीका तर्फबाट लक्ष्मया रोयाकाले १७१, नेपाली कांग्रेस विपीबाट चार सय ४३ र स्वतन्त्र भीम बहादुर कुमालले एक हजार ६ सय २० मत ल्याएका छन् । 

यसअघि ०७४ को निर्वाचनमा उनी पराजित भएका थिए । तत्कालिन् माओवादी–एमाले गठबन्धनका तर्फबाट उठेका मान बहादुर सुनारसँग पराजित राना हालको सत्ता गठबन्धनबाट निर्वाचित भएका हुन् ।