१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
रमेश रावल कालिकोट
२०७९ मङ्सिर ८ बिहीबार ०९:४९:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

कालीकोट प्रदेशसभामा माओवादीका रावत निर्वाचित

Read Time : < 1 मिनेट
रमेश रावल, कालिकोट
२०७९ मङ्सिर ८ बिहीबार ०९:४९:००

कालीकोटको प्रदेशसभा ‘क’ मा माओवादी केन्द्रका दुर्गबहादुर रावत विजयी भएको छन् । रावतले निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका कुर्मराज शाहीलाई एक हजार ५९ मतान्तरले परााजित गरेर विजयी  भएका हुन् ।

रावतले नौ हजार ११ मत ल्याए भने उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका शाहीले  सात हजार ९५२ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालय कालीकोटले जनाएको छ । 

प्रदेशसभा ‘क’ मा ३५ हजार ३५१ मतदातामध्ये १९ हजार ९३१ मत खसेको जिल्ला मुुख्य निर्वाचन अधिकृत भरत लम्सालले जानकारी दिए । तेस्रो स्थानमा आएका राप्रपाका उम्मेदवार सुर्यबहादुर शाहीले एक हजार ७१ मत प्राप्त गरेका थिए ।