Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
मोहन विष्ट कञ्चनपुर
२०७९ मङ्सिर ८ बिहीबार ०९:२४:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

कञ्चनपुर ३(क) बाट समाजवादीका रावल निर्वाचित 

Read Time : < 1 मिनेट
मोहन विष्ट, कञ्चनपुर
२०७९ मङ्सिर ८ बिहीबार ०९:२४:००

कञ्चनपुर निर्वाचन क्षेत्र ३(क)बाट प्रदेश सभा सदस्यमा नेकपा एकीकृत समाजवादीका उम्मेदवार प्रकास बहादुर रावल निर्वाचित भएका छन् । क्षेत्र नम्बर ३(क) बाट सुदूरपश्चिम प्रदेशका आर्थिक मामिलामन्त्री समेत रहेका रावलले (एमाले–राप्रपा) गठबन्धनका धर्मराज जोशीलाई १ हजार, ७४९ र (माओवादी–काँग्रेस) गठबन्धनका टेकेन्द्र प्रसाद भट्टलाई २ हजार, ४८९मतको अन्तरले हराउँदै पुन दोस्रो पटक प्रदेश सभा सदस्यको यात्रा तय गरेका छन् ।  रावलले ८ हजार १६३, जोशीले ६ हजार ४१४ र भट्टले ५ हजार ६७४ मत ल्याएका छन् । 

यस निर्वाचन क्षेत्रमा ११ उम्मेदवार चुनावी मैदानमा थिए । मौलिक जरोकिलो पार्टीका मोहन सि धामीले २ सय २८, नेकपा मालेका पदम सिंह खत्रीले ३ सय ७४, नेपाल मजदुर किसान पार्टीका सुरेन्द्र दमाईले ८५, काँग्रेस बागी पिताम्बर जोशीले १ हजार ९२५, अर्का काँग्रेसकै बागी गोपाल सिह बुढापालले १ सय ५१, दिवान सिंह मेजार(आग्री)ले २ सय ७१, नेकपा एकीकृत समाजवादीका बागी लोक विक्रम थापाले ६ सय ३७ र महादेव भट्ट १३ मत ल्याएका छन् । यस क्षेत्रबाट ४६ हजार ५८४ मतदाता थिए । जसमध्ये २५ हजार २३६ मत खसेका थिए । खसेको मतमध्ये २३ हजार ९३५ मत सदर भएका थिए ।