१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७९ मङ्सिर ८ बिहीबार ०९:१४:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

सिरहा १ मा एमालेका रामशंकरको अग्रता, आज दिउँसोसम्म नजिता आउने

Read Time : < 1 मिनेट
२०७९ मङ्सिर ८ बिहीबार ०९:१४:००

सोमबार रातीदेखी मतगणना शुरु भएको सिरहा १ मा बिहीबार बिहानसम्म नेकपा एमालेका रामशंकर यादवले तीन हजार तीन सय बढीको मतान्तर बढाउँदै अग्रता लिएका छन् । 

निर्वाचन क्षेत्र नम्बर १ का सूचना अधिकारी अनिल रेग्मीका अनुसार बिहीबार बिहान ८ बजेसम्म एमालेका रामशंकर यादवले २३ हजार ५५ र कांग्रेसका पदमनारायण चौधरीले १९ हजार सात सय सात र जनमत पार्टीका युगलकिशोर साहले पाँच हजार तीन सय १३ मत ल्याएका छन् । 

मत गणनामा कुनै प्राविधिक समस्या नआए बिहीबार दिउँसोसम्म सम्पन्न गरी अन्तिम परिणाम घोषणा गर्न सकिने रेग्मीले बताए । कुल एक लाख छ हजार दुई सय एक मतदाता रहेको क्षेत्र मा ६९ हजार आठ सय २६ मत खसेको उनले बताए ।