Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
श्रवण थापा सर्लाही
२०७९ मङ्सिर ८ बिहीबार ०७:५२:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

सर्लाही १ (क) मा लोसपाका उपेन्द्र महतो विजयी

Read Time : < 1 मिनेट
श्रवण थापा, सर्लाही
२०७९ मङ्सिर ८ बिहीबार ०७:५२:००

सर्लाही क्षेत्र नम्बर १ (क) मा लोकतान्त्रिक समाजवादी पार्टीका उपेन्द्र महतो विजयी भएका छन् । लोसपाका महतो १२ हजार दुई सय ६५ मतसहित सर्लाही क्षेत्र नम्बर १ (ख) को प्रदेश सभा सदस्यमा विजयी भएका हुन् ।

उनले दुई हजार एक सय २८ मतान्तरले नेकपा माओवादी केन्द्रका रामचन्द्र सिंङ कुशवाहलाई पराजित गरे । माओवादी केन्द्रका कुशवाहले १० हजार एक सय ३७ मत मात्र प्राप्त गरेका छन् । 

मत परिणाममा तेस्रो स्थानमा देखिएका जनता समाजवादी पार्टीका अहमद मियाँ मुकेरीले ४ हजार ३१ मत मात्र पाएका छन् । सत्तागठवन्धनका उपेन्द्र र रामचन्द्रबीच मित्रवत् प्रतिस्पर्धा भएको थियो । निर्वाचित महतो निवर्तमान प्रदेश सभा सदस्य समेत हुन् ।