मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ४ मंगलबार
  • Tuesday, 16 April, 2024
२०७५ मङ्सिर २७ बिहीबार ०५:२५:००
Read Time : < 1 मिनेट
सप्तरंग

कोलम्बस यात्रा सार्वजनिक

Read Time : < 1 मिनेट
२०७५ मङ्सिर २७ बिहीबार ०५:२५:००

कवि देवेन्द्र खेरेसको कविताकृति ‘कोलम्बस यात्रा’ बुधबार काठमाडौंको होटेल हार्दिकमा भएको कार्यक्रममा विमोचन भएको छ । उनको यो दोस्रो कृति हो । १० वर्षअघि नै खेरेसले ‘रुङ्रीको बयान’ र
‘नदी किनारा’ कवितासंग्रह बजारमा ल्याइसकेका थिए ।

ब्रिटिस आर्मीमा जागिरे खेरेस प्रतिभा प्रतिष्ठान बेलायतसँग आबद्ध छन् । सोही संस्थाले नै कृति प्रकाशन गरेको हो । विमोचनपछि कवि वैरागी काइँलाले नेपाली डायस्पोरालाई देशले बिर्सिन्छ कि भन्ने भयले उनीहरूको मानसिकतालाई प्रभाव पार्ने गरेको बताए । कवि श्रवण मुकारुङले खेरेसले हङकङ हुँदै बेलायतसम्मको यात्रा मात्र नभई कृतिमा आफ्नो प्रेमलाई पनि झल्काएको बताए ।

कवि तथा समीक्षक सुुरेश हाचेकालीले परदेसिनुका पीडा, युद्धका विषय र प्रेमका विविध आयाममा लेखिएकाले संग्रहका कवितामा विविधता पाइने बताए । कवि खेरेसले अन्य विधामा जस्तै कवितामा पनि आइडल मानिएकाहरूले विभिन्न ठाउँमा गएर त्यसको ज्ञानबारे पढाउनुपर्ने बताए ।