१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
रासस
२०७५ चैत १७ आइतबार १९:३५:००
Read Time : < 1 मिनेट
खेलकुद

राष्ट्रिय महिला फुटबल टोली म्यान्मातर्फ

Read Time : < 1 मिनेट
रासस
२०७५ चैत १७ आइतबार १९:३५:००

म्यान्मामा हुने ओलम्पिक छनोटको दोस्रो चरण खेल्न नेपाली राष्ट्रिय महिला फुटबल टोली आइतबार त्यसतर्फ प्रस्थान गरेको छ । अखिल नेपाल फुटबल सङ्घद्वारा आयोजित कार्यक्रममा महिला फुटबल टोलीलाई एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पालगायतले बिदाई गरेका थिए । 

शेर्पाले छनोट प्रतियोगितामा महिला टोलीले नयाँ इतिहास रच्नेमा आशावादी रहेको बताए । दोस्रो चरणको छनोट प्रतियोगितामा नेपाल समूह ‘बी’मा छ । नेपालको रहेको समूहमा आयोजक म्यान्मासहित भारत र इण्डोनेशिया छन् । 

नेपालले पहिलो खेल चैत २० गते म्यान्मारसँग खेल्नेछ । दोस्रो खेला २३ गते भारतसँग  र समूहको अन्तिम खेल २६ गते इण्डोनेशियासँग खेल्नेछ । ओलम्पिकको पहिलो चरणको खेलमा नेपालले भारत र आयोजक म्यान्मासँग समान १–१ गोलको बराबरी खेल्दै दोस्रो चरणमा प्रवेश गरेको थियो । समूहको शीर्षस्थानमा रहने टोली अघिल्लो चरण प्रवेश गर्नेछ । नेपाली टोलीको गोलकिपरमा एन्जिला तेम्वाप्पो सुब्बा, अञ्जना राना मगर र उषा नाथ छन् । 

त्यस्तै डिफेण्डरमा हीराकुमारी भुजेल, गीता राना, पुनम जर्गा मगर, अमृता जैशी, कविता धिमाल, पूजा राना र मनमाया लिम्बू छन् भने मिडफिल्डरमा अनिता बस्नेत, दीपा राई, मञ्जली योञ्जन, शर्मिला थापा, सुरु लिम्बू, रेनुका नगरकोटी र अनिता केसी छन् । त्यसैगरी स्ट्राइकरमा रेखा पौडेल, निरु थापा र सावित्रा भण्डारी छन् ।