मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
गणेश लम्साल विराटनगर
२०७९ मङ्सिर ७ बुधबार ११:२२:००
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

मोरङको प्रदेश सभामा मिश्रित नतिजा आउने आकलन, एक स्थानमा कांग्रेस विजयी

Read Time : > 1 मिनेट
गणेश लम्साल, विराटनगर
२०७९ मङ्सिर ७ बुधबार ११:२२:००

मोरङमा प्रदेश सभातर्फ रहेको १२ वटा निर्वाचन क्षेत्रमा नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा (माओवादी केन्द्र)को मिश्रित नतिजा आउने प्रारम्भिक मतगणनाले संकेत गरेको छ।

हाल जारी गणनामध्ये कांग्र्रेस उम्मेदवार गयानन्द मण्डल मोरङ ५ (क) बाट निर्वाचित भइसकेका छन्। तीन स्थानमा एमाले, दुई स्थानमा कांग्रेस र एक स्थानमा माओवादी केन्द्रका उम्मेदवारले अग्रता बनाएका छन्।

निर्वाचन आयोगले सार्वजनिक गरेको पछिल्लो मत परिणामअनुसार मोरङ १ (क)मा एमालेका उमाकान्त गौतमले आठ हजार ७६ मत प्राप्त गरेर अग्रता कायम राखेका छन्। उनलाई माओवादी केन्द्रका उम्मेदवार कुलप्रसाद साम्बाले ६ हजार ३३० मतले पछ्याइरहेका छन्।

मोरङ २ (क)मा माओवादी केन्द्रका गणेश उप्रतीले अग्रता लिइरहेका छन् । उप्रेतीले ३ हजार ७४१ मत पाएका छन्। एमालेका दानबहादुर कार्कीले ३ हजार ४४३ मत पाएका छन्। मोरङ ३ (क)मा कांग्रेसका मानबहादुर लिम्बुले १६ हजार १४७ मत ल्याएर फराकिलो अग्रता कायम गरेका छन्। उनी विजयको नजिक पनि छन्। उनलाई एमालेका दिलिपकुमार राईले १२ हजार ७९४ मत पाएर पछ्याइरहेका छन्।

मोरङ ४ (क)मा एमालेका जयप्रकाश चौधरीले  ११ हजार २८९ मत पाएर अग्रता लिइहेका छन्। कांग्रेसका गुरुराज घिमिरे ११ हजार २३४ मत पाएर झिनो मतान्तरले पछि छन्। मोरङ ५ (क)मा कांग्रेसका गयानन्द मण्डल गन्गाइ १४ हजार ८४३ मत पाएर विजयी भएका छन्। उनका निकटतम प्रतिद्वन्द्वी एमालेका सन्तोषकुमार साहले ९ हजार ४०२ मत पाएका थिए।

मोरङ ६ (क)मा एमालेकी रिता न्यौपानेले अग्रता कायमै राखेकी छन्। न्यौपानेले ९ हजार २२२ मत प्राप्त गरेर अग्रता लिइरहेकी छन्। यहाँ माओवादी केन्द्रका जीवन आचार्यले ७ हजार ६५९ मत प्राप्त गरेर न्यौपानेलाई पछ्याइरहेका छन्।

मोरङमा प्रदेश सभातर्फ अहिले ६ वटै क्षेत्रको (क)तर्फको मात्र मतगणना भइरहेको छ।