Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७९ मङ्सिर ६ मंगलबार २२:३१:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

फराकिलो मतान्तर बनाउँदै वर्षमान

Read Time : < 1 मिनेट
२०७९ मङ्सिर ६ मंगलबार २२:३१:००

प्रतिनिधिसभामा एक मात्र निर्वाचन क्षेत्र रहेको रोल्पामा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन अनन्तले मतान्तर फराकिलो पार्दै लगेका छन् । 

१७ हजार दुई सय मत गणना गर्दा पुनले १० हजार ४३८ मत ल्याएका छन् । एमालेका पूर्णबहादुर बुढामगरले चार हजार ३०८ मतसहित पुनलाई पछ्याइरहेका छन् । उनीहरूबीचको मतान्तर ६ हजार १३० छ । 

यस्तै, राप्रपाका लीला राउतले ६ सय ७५, राप्रपा नेपालका रामबहादुर वली क्षेत्रीले तीन सय र नेपाल मजदुर किसान पार्टीका नातिभाई हयाम्बोले ३५ मत प्राप्त गरेका छन् ।