मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ५ बुधबार
  • Wednesday, 17 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ मङ्सिर ६ मंगलबार १८:१४:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

मतगणना नसकिँदै रसुवामा मोहन आचार्यको जित सुनिश्चित 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ मङ्सिर ६ मंगलबार १८:१४:००

मतगणना नसकिँदै रसुवामा नेपाली कांग्रेसका केन्द्रीय सदस्य मोहन आचार्यको जित सुनिश्चित भएको छ। करिब ५ हजार मत गन्न बाँकी रहँदा नेकपा एमालेका छोवाङ तेन्जिन तामाङसँग आचार्यले ८ हजार ८४ मतको अग्रता बनाएका छन्।

आचार्यले १५ हजार ४३९ मत पाउँदा तामाङको मत  ७ हजार ३५५ रहेको छ। आचार्यले २०७४ को प्रतिनिधिसभा निर्वाचनमा जिल्लामा एमालेका जनार्दन ढकाललाई हराएका थिए। 

२८ हजार ३०५ मत खसेको रसुवामा हालसम्म २३ हजार ९२७ मत गणना भएको छ। ६५५ मत बदर भएको छ।