मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ मङ्सिर ६ मंगलबार १७:३६:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

काठमाडौं ७ : प्रत्यक्ष र समानुपातिक दुवैमा राष्ट्रिय स्वतन्त्र पार्टीको अग्रता 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ मङ्सिर ६ मंगलबार १७:३६:००

काठमाडौं ७ मा प्रत्यक्ष र समानुपातिक दुवैतर्फ राष्ट्रिय स्वतन्त्र पार्टीले अग्रता लिएको छ। 

हालसम्म १९ हजार ८३ मत गनिसक्दा प्रतिनिधिसभामा राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पराजुलीले चार हजार ६७२ मतसहित अगाडि छन्। त्यस्तै, एमालेका श्यामकुमार घिमिरे तीन हजार ९०१ मतसहित दोस्रोमा छन्। 

गठबन्धनकी उम्मेदवार मानुषी यमी भट्टराई तीन हजार २७२ मतसहित तेस्रो स्थानमा छिन्। राप्रपाको एक हजार १३५ छ। प्रत्यक्षमा मात्र होइन समानुपातिकमा पनि याे क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीकै अग्रता छ। 

१० हजार ५०३ मत गन्दा रास्वपाले तीन हजार मत पाएको छ। एमालेले दुई हजार १५, कांग्रेसले एक हजार ५५६ र राप्रपाले एक हजार ११९ मत प्राप्त गरेको छ। 

यहाँ प्रदेश सभा १ मा दुई हजार ७४८ मतसहित नेकपा एसको अग्रता छ भने २ मा दुई हजार ६२ मतसहित झिनो मतान्तरले अगाडि छ।