मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७९ मङ्सिर ६ मंगलबार १४:३१:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

मधेशका अर्थमन्त्रीलाई पराजित गर्दै जनमतले सप्तरीबाट खाेल्याे खाता

Read Time : < 1 मिनेट
२०७९ मङ्सिर ६ मंगलबार १४:३१:००

मधेश प्रदेशका अर्थमन्त्रीलाई पराजित गर्दै जनमत पार्टीले विजयी सुरुवात गरेको छ। मतगणना सम्पन्न नहुँदै जनमत पार्टीका उम्मेदवार सतिश कुमार सिंहले मधेश प्रदेशका अर्थमन्त्री शैलेन्द्र प्रसाद साहलाई पराजित गरेका हुन्। 

सप्तरी क्षेत्र नम्बर २ (क)मा सिंहले सुरुवाती अग्रतालाई कायम राख्दै १४ हजार ३२२ मत पाएका छन्। अर्थमन्त्री जसपाका शैलेन्द्रले ६ हजार ७४९ मतले पछ्याइरहेका छन्।

यस क्षेत्रमा कुल ३४ हजार ६७८ मत खसेको थियो। करिब ६ हजार मतमात्र गन्न बाँकी छ। सिंह प्रतिस्पर्धी साहभन्दा ७ हजार ५७३ मतले अगाडि देखिएकाले जित्ने निश्चित भएको छ।

अर्थमन्त्री साहलाई पराजित गर्ने सिंह तिलाठी कोइलाडी गाउँपालिकाका पूर्वअध्यक्ष पनि हुन्। तत्कालीन राजपाबाट गाउँपालिका अध्यक्षमा निर्वाचित भएका उनी गत वैशाख ३० मा सम्पन्न स्थानीय तहको निर्वाचनमा लोसपाबाट गाउँपालिका अध्यक्षमा पराजित भएका थिए। संसदीय निर्वाचन नजिकिएपछि सिंह जनमत पार्टी प्रवेश गरेका थिए। 

सप्तरी २ (ख) मा महेश कुमार यादव

सप्तरी क्षेत्र नम्बर २ (ख) मा जनमत पार्टीकै उम्मेदवार महेशप्रसाद यादव निर्वाचित भएका छन्। प्रदेश सभा सदस्यमा निर्वाचित यादवले  १३ हजार ३२५ मत ल्याएका छन्। निकटम प्रतिद्वन्दी नेकपा माओवादी केन्द्रका उमेशकुमार यादव ७ हजार २३ मत ल्याए। 

जसपाका लक्ष्मण यादवले ५६२१ मत पाएका छन्। सत्तागठबन्धनबाट उम्मेदवार बनेका उमेश पूर्वसिंचाईमन्त्री हुन् । २०७४ मा सप्तरी २ मा उपेन्द्र यादवसँग उनी पराजित भएका थिए।

जनमत पार्टीबाट विजयी भएका महेश पूर्वमाओवादी नेता हुन्। उनी निर्वाचनभन्दा केही समयअघि मात्र जनमत पार्टीमा प्रवेश गरेका थिए।