Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
२०७९ मङ्सिर ६ मंगलबार ०९:१७:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

दाङ -२ मा रेखा शर्मा भन्दा शंकर पोखरेल १३५२ मतले पछि

Read Time : < 1 मिनेट
२०७९ मङ्सिर ६ मंगलबार ०९:१७:००

दाङ क्षेत्र नं २ को प्रतिनिधिसभा सदस्यमा गठबन्धनतर्फबाट उम्मेदवार बनेकी माओवादी केन्द्रका रेखा शर्माले अग्रता कायम राखेकी छिन् । १६ हजार २९ मत गन्दा रेखाले ६५६० मत प्राप्त गरेकी छिन्, भने एमाले महासचिव शंकर पोखरेलले ५२०८ मत प्राप्त गरेका छन् ।

उनीहरुबीचको मतान्तर १३५२ रहेको छ । रेखाले सुरुवातदेखि नै अग्रता लिएको मुख्य निर्वाचन अधिकृत कृपासुर कार्कीले जानकारी दिए । क्षेत्र नं २ मा एक लाख ३३ हजार ७ सय ४८ मतदाता मध्ये ७९ हजार ४ सय ४६ मत खसेको थियो । क्षेत्र नं २ को जिल्ला समन्वय समिति दाङको हलमा मतगणना भइरहेको छ । 

दाङ २ (१) मा खनाल अगाडि
दाङ क्षेत्र नं २ को प्रदेसभा १ मा पनि गठबन्धनका उम्मेदवार राजु खनाल अगाडि छन् । १० हजार २ सय ६७ मत गन्दा काँग्रेसका खनालले ४७३० मत प्राप्त गरेका छन्, भने एमालेका बलिभद्र राणाले ३९२१ मत प्राप्त गरेका छन् । उनीहरुबीचको मतान्तर ८०९ रहेको छ ।  यस्तै दाङ क्षेत्र नं२ को प्रदेशसभा २ मा भने अझै मतगणना भएको छैन । मतगणना गर्ने ठाउँको अभाबका कारण मतगणना हुन नसकेको हो ।