Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
गणेश लम्साल विराटनगर
२०७९ मङ्सिर ६ मंगलबार ०९:००:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

मोरङ ५ मा त्रिपक्षीय भिडन्त जारी, एमालेका बागीको सुरुवातदेखी अग्रता

Read Time : < 1 मिनेट
गणेश लम्साल, विराटनगर
२०७९ मङ्सिर ६ मंगलबार ०९:००:००

मोरङ ५ मा प्रतिनिधि सभातर्फ तीन जना उम्मेदवारबीच तीब्र प्रतिस्पर्धा भइरहेको छ  । अहिलेसम्म १२ हजार चार सय ११ मत गणना हुँदा एमालेबाट बागी भएर स्वतन्त्र उम्मेदवारी दिएका योगेन्द्र मण्डलले तीन हजार ६ सय ९३ मतसहित अग्रता हाँसिल गरेका छन्। 

यहाँ एमाले र जसपाबीच गठबन्धन छ । यो गठबन्धनबाट उम्मेदवारी दिएका जसपाका राजकुमार यादवले तीन हजार दुई सय ९४ मत ल्याई दोस्रो र सत्ता गठबन्धनबाट उम्मेदवारी दिएका माओवादीका शिवकुमार मण्डलले तीन हजार एक सय २२ मत ल्याई तेस्रो स्थानबाट पछ्याइरहेका छन् । यसअघि सो क्षेत्रबाट माओवादीका मण्डल निर्वाचित हुँदै आएका थिए ।

यस क्षेत्रमा कुल एक लाख चार हजार ९४ मतदाता रहेकोमा ७२ हजार नौ सय ७३ ले मतदान गरेका छन् ।