१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७९ मङ्सिर ५ सोमबार १६:०७:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

दाङ २ मा एमाले महासचिव पोखरेलविरुद्ध माओवादी नेतृ रेखाको सुरुवाती अग्रता

Read Time : < 1 मिनेट
२०७९ मङ्सिर ५ सोमबार १६:०७:००

दाङ २ मा सत्ता गठबन्धनको तर्फबाट उम्मेदवारी दिएकी माओवादी नेतृ रेखा शर्माले सुरुवाती अग्रता लिएकी छिन् । सो क्षेत्रमा एमाले महासचिव शंकर पोख्रेल चुनावी मैदानमा छन् ।

दुई हजार सात सय ८० मत गणना भइसक्दा शर्माले  ६ सय ४ मत अन्तरले अग्रता लिएकी हुन् । उनले एक हजार ४ सय ५० मत ल्याएकी छन् । एमाले उम्मेदवार पोख्रेलले ८ सय ४६ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत कृपासुर कार्कीले जानकारी दिए ।

सुरुवातीमा बंगलाचुलीको २, ५,७ र घोराही उपमहानगरपालिकाको १५ र १९ वडाको मतगणना भइरहेको छ ।  क्षेत्र नम्बर  २ मा एक लाख ३३ हजार ७ सय ४८ मतदातामध्ये ७९ हजार चार सय ४६ मत खसेको छ । जिल्ला समन्वय समिति दाङको हलमा क्षेत्र नम्बर २ को मत गणना भइरहेको छ ।