मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७९ मङ्सिर ५ सोमबार १४:१८:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

नवलपुर–२ मा मतगणना सुरु, कांग्रेसको प्रारम्भिक अग्रता 

Read Time : < 1 मिनेट
२०७९ मङ्सिर ५ सोमबार १४:१८:००

पूर्वी नवलपरासीको निर्वाचन क्षेत्र नम्बर २ मा प्रतिनिधिसभा सदस्यको मतगणना सुरु भएको छ ।  प्रारम्भिक मतगणनामा कांग्रेसका उम्मेदवार विष्णु कार्कीले अग्रता लिएका छन् ।

हुप्सेकोट गाउँपालिका–६ मा खसेको १२ सय ६४ मत गणना हुँदा कांग्रेसका कार्कीले ७०६ मत प्राप्त गरेका छन् भने निकटतम प्रतिस्पर्धी एमालेका तिलक महतले ४९१ मत प्राप्त गरेका छन् । 

यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार शालिकराम न्यौपानेले ३ मत, राप्रपाका विष्णु अधिकारीले ४, हाम्रो नेपाली पार्टीका जगन्नाथ पोख्रेलले ४ मत प्राप्त गरेका छन् । यस क्षेत्रमा एक लाख २९ हजार २८० जना मतदाता रहेका छन् ।