१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
रामकृष्ण थापा सिन्धुपाल्चोक
२०७९ मङ्सिर ५ सोमबार ११:०९:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

मतपेटिका ल्याउन ढिलाइ हुँदा सिन्धुपाल्चोकमा दिउँसो ३ बजेबाट मात्र मतगणना

Read Time : < 1 मिनेट
रामकृष्ण थापा, सिन्धुपाल्चोक
२०७९ मङ्सिर ५ सोमबार ११:०९:००

सिन्धुपाल्चोकमा आज सोमबार दिउँसोबाट मतगणना हुने भएको छ।

प्रमुख निर्वाचन अधिकृत विदूर कोइरालाका अनुसार दिउँसो १ बजे सर्वदलीय बैठक  पश्चात मतगणना हुनेछ।

तीन सय २० मध्ये सदरमुकाम चौताराबाट दुर्गममा पर्ने तेम्बाथाङ मतदान केन्द्रको मतपेटिका नआइपुग्दा मतगणनामा ढिलाइ भएको हो। ‘आठ घण्टा पैदल हिँड्नुपर्ने तेम्बाथाङको मतपेटिका आइनपुगेकोले मतगणना ढिला भएको हो,’ उनले भने। 

जंगल, भीर र खोलाको बाटो भएकोले तेम्बाथाङ केन्द्रको मतपेटिका बोकेका कर्मचारी र सुरक्षाकर्मी सोमबार बिहान ६ बजेमात्रै सदरमुकामका लागि प्रस्थान गरेको कोइरालाले बताए।  

तेम्बाथाङका दुई सय ५० मतदाताले पहिलो पटक आफ्नै गाउँमा भोट हाल्न पाएका हुन् । यसअघि उनीहरू आठ घण्टा हिँडेर गुम्बाथाङ आउँथे।