भक्तपुर क्षेत्र नम्बर १ को मतगणना सुरु भएको छ । खरीपाटीस्थित नेपाल विद्युत् प्राधिकरणको तालिम केन्द्रमा प्रतिनिधिसभा तथा प्रदेशसभा १ चाँगुनारायणको मतगणना सुरु भएको हो ।
प्रतिनिधिसभातर्फ निर्वाचन क्षेत्र नम्बर १ मा एक लाख दुई हजार हजार पाँच सय २८ मतदाता रहेकामा ७४ हजार १९ मत अर्थात् ७१ दशमलव १९ प्रतिशत मत खसेको थियो । यस क्षेत्रमा नेपाल मजदुर किसान पार्टीबाट प्रेम सुवाल, गठबन्धनबाट माओवादी केन्द्रका सुनिल गोठे बासु, एमालेका नवराज गेलालबीच प्रतिस्पर्धा रहेको छ ।