मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
दीपक भट्ट रामेछाप
२०७९ मङ्सिर ४ आइतबार १४:३८:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

रामेछापमा दुईजना क्रियापुत्रीले गरे मतदान

Read Time : < 1 मिनेट
दीपक भट्ट, रामेछाप
२०७९ मङ्सिर ४ आइतबार १४:३८:००

मन्थली नगरपालिका–९ पुरानागाउँको वडा कार्यालयमा रहेको मतदान केन्द्रमा दुईजना क्रियापुत्रीले मतदान गरेका छन्। बाबुको निधनपछि क्रियामा बसेका दुई छोरा नीलकण्ठ पुरी र प्रकाश पुरीले मतदान स्थलमा पुगेर मतदान गरेका हुन्। उनीहरूसँगै उनकी श्रीमतीले मतदान गरेका छन्। 

आफ्नो सिंगो परिवार नै शोकमा डुबेको समयमा पनि आफ्ना उम्मेदवारहरू निर्वाचित हुन् र देश विकासमा टेवा पुर्‍याउन भन्ने उद्देश्यले आफूले मतदान केन्द्रमा आएर मतदान गरेको प्रकाश पुरीले जानकारी दिए। 

मतदान स्थलमा खटिएका कर्मचारीहरूले क्रियापुत्रीलाई सहज ढंगले मतदान गर्ने वातावरण मिलाइदिएका थिए। रामेछापमा ९६ मतदान स्थल र २२६ वटा मतदान केन्द्रबाट मतदान भइरहेको छ। सबै मतदान केन्द्रहरूमा मतदाताको संख्या पातलो रहेको निर्वाचनमा खटिएका मतदान अधिकृतहरूले बताएका छन्। 

जिल्लाभर दिउँसो २ बजेसम्म कुल ४० प्रतिशत मत खसेको रामेछापका प्रमुख जिल्ला अधिकारी शोभाखर रेग्मीले जानकारी दिए। रामेछापमा कुल १ लाख ८० हजार १ सय ६ जना मतदाताहरू रहेका छन्।