मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७९ मङ्सिर ४ आइतबार १३:२७:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

मेचीनगरमा एक घण्टादेखि स्थगित मतदान सुचारु गर्ने तयारी

Read Time : < 1 मिनेट
२०७९ मङ्सिर ४ आइतबार १३:२७:००

झापाको मेचीनगर-१४ स्थित बालसुबोधनी माध्यमिक विद्यालयमा रहेको मतदान केन्द्रमा विवादका कारण एक घण्टादेखि रोकिएको मतदान सुरु गर्ने तयारी भएको छ।

प्रतिनिधिसभाको प्रत्यक्षतर्फको मतपत्रमा प्रदेशतर्फको मतपत्र भेटिएपछि मतदान स्थगित भएको थियो। मतपत्रको दोस्रो बन्डल सकिएपछि तेस्रोमा प्रतिनिधिसभाको मतपत्रमा प्रदेशको बन्डल भेटियो। 

त्यसपछि विवाद भयो, ‘निर्वाचन कार्यालय झापाका प्रमुख तुलसीकुमार नेपालले भने, ‘१९ जनाले सोही मतपत्रमा मतदान पनि गरिसकेका रहेछन्।’ 

सर्वदलीय बैठक बसेर १९ जनालाई फेरि मत खसाल्ने सहमति भएको उनले बताए। केहीबेरमा मतदान सुरु हुने उनले बताए।