१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
रामकुमार श्रेष्ठ पूर्वी नवलपरासी
२०७९ मङ्सिर ४ आइतबार १२:०१:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

नवलपुरमा जम्मा १० प्रतिशत मतदान

Read Time : < 1 मिनेट
रामकुमार श्रेष्ठ, पूर्वी नवलपरासी
२०७९ मङ्सिर ४ आइतबार १२:०१:००

पूर्वी नवलपरासीमा बिहान ११ बजेसम्म १० प्रतिशत मत मात्र खसेको छ । जिल्ला निर्वाचन कार्यालय नवलपुरका प्रमुख लालप्रसाद भुसालले जिल्लामा सबै ठाउँमा गरी बिहान ११ बजेसम्म १० प्रतिशत मत खसेको जानकारी दिए । 

पूर्वी नवलपरासीमा प्रतिनिधिसभा सदस्यका दुई तथा प्रदेश सभा सदस्यका चार क्षेत्रका लागि मतदान भइरहेको छ । यहाँ ६८ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । दुई लाख ६० हजार चार सय ६१ जना मतदाता रहेको पूर्वी नवलपरासीमा एक सय १३ मतदान स्थल र तीन सय दुई केन्द्रबाट मतदान भइरहेको छ । 

शान्तिपूर्ण रूपमा मतदान अघि बढिरहे पनि बिहानको समयमा मतदाताको उपस्थिति भने न्युन पाइएको छ । नवलपुरका प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेले नवलपुरमा अहिलेसम्म शान्तिपूर्ण रूपमा मतदान भइरहेको जानकारी दिए । बिहान ७ बजेदेखि सुरु भएको मतदन साँझ ५ बजेसम्म चल्नेछ । साँझ ५ बजेभित्र मतदानस्थलमा प्रवेश गरेकाहरूले मत खसाल्न पाउनेछन् ।