Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
२०७९ मङ्सिर ४ आइतबार ११:२६:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

नवलपरासीमा भेटिएको शंकास्पद वस्तु सेनाले गर्यो डिस्पोज

Read Time : < 1 मिनेट
२०७९ मङ्सिर ४ आइतबार ११:२६:००

निर्वाचनको पूर्वसन्ध्यामा पूर्वी नवलपरासीको कावासोतीमा भेटिएको शंकास्पद वस्तु सेनाले डिस्पोज गरेको छ। कावासोती नगरपालिका ३ को वडा कार्यालयको नवनिर्मित भवन नजिकै चौतारामा शनिबार राति शंकास्पद वस्तु भेटिएको थियो।

कुकरमा तार बेरेर खतरा लेखिएको अवस्थामा भेटिएको उक्त बस्तुलाई शनिबार राति ११ बजे नै नेपाली सेनाको टोलीले डिस्पोज गरेको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक सन्तोष पाठकले जानकारी दिए। पाठकका अनुसार उक्त शंकास्पद बस्तु बम नभई हुक्स (क्षतविक्षत नगर्ने तर ठुलो आवाज दिने बस्तु) रहेको थियो।

डिस्फोजको क्रममा स्थानीयले ठूलो आवाजका साथ विस्फोट भएको बताए।शंकास्पद वस्तु कसले राखेको नखुलेको प्रहरीले जनाएको छ। यसअघि शुक्रबार राति नवलपुरको मध्यविन्दु–१३ कोटथरको भेडाबारी जाने चोकमा फेला परेको शंकास्पद बस्तु पनि सेनाको टोलिले शनिबार बिहान डिस्पोज गरेको थियो।
 
नवलपुरमा नेकपा क्रान्तिकारी माओवादी, नेकपा मशाल, विप्लव नेतृत्वको नेकपा, नेकपा बहुमत लगायतका दलहरुले निर्वाचन बहिस्कार आह्वान गर्दै पर्चा वितरण, पोष्टर, पम्लेष्ट गरिरहेका छन्।