१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
२०७९ मङ्सिर ३ शनिबार १७:४५:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

कालीकोटको एक मतदान केन्द्र महिलाको नेतृत्वमा

Read Time : < 1 मिनेट
२०७९ मङ्सिर ३ शनिबार १७:४५:००

आइतबार हुने प्रतिनिधिसभा र प्रदेश सभा सदस्यको निर्वाचनका लागि कालीकोटमा एक मतदान केन्द्र महिलाले नेतृत्व गर्दै छन्।

जिल्लाको खाँडाचक्र नगरपालिका– २ पञ्चदेवल माध्यमिक विद्यालयमा रहेको मतदान केन्द्रमा महिलाको नेतृत्वमा निर्वाचन हुँदै छ। उक्त केन्द्रमा जिल्ला अस्पताल कालीकोटमा कार्यरत सिनियर अहेब सेतु शाहीलाई मतदान अधिकृतको रूपमा खटाइएको जिल्ला निर्वाचन कार्यालयका प्रमुख नन्दराम चौलागाईंले जानकारी दिए।

‘जिल्लामा रहेको एक मतदान केन्द्रमा मतदान अधिकृतसहित अन्य कर्मचारी पनि महिला खटाइएको छ,’ उनले भने।

चौलागाईंका अनुसार शाहीको नेतृत्वमा अन्य नौ महिला कर्मचारी खटिएका छन्। जिल्ला कारागारमा एक अस्थायी मतदान केन्द्रसहित कालीकोटमा १२३ मतदान केन्द्र रहेका छन्।