१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
२०७९ मङ्सिर ३ शनिबार १३:२९:००
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

१६ मंसिरदेखि पोखरामा राष्ट्रिय औद्योगिक व्यापार मेला हुने 

Read Time : < 1 मिनेट
२०७९ मङ्सिर ३ शनिबार १३:२९:००

मंसिर तेस्रो सातादेखि पोखरामा राष्ट्रिय औद्योगिक ब्यापार मेला– २०७९ हुने भएको छ। ‘लगानीको सम्वद्र्धन, उद्योग ब्यवसायको प्रवद्र्धन’ भन्ने मूल नाराका साथ मंसिर १६ देखि २५ सम्म नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा व्यापार मेला आयोजना गरिएको शुक्रबार पत्रकार सम्मेलनमार्फत् आयोजकले जनाएको छ।

नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेश र पोखरा उद्योग वाणिज्य संघको आयोजना तथा पोखरा महानगरपालिकाको सहयोग एवम् लक्ष्मी ग्रुपको मुख्य प्रायोजनमा मेला हुन लागेको हो।

मेलामा औद्योगिक तथा व्यापार, हस्तकला, कृषि, पुष्प, अटो, सूचना तथा प्रविधिहरुको प्रदर्शनीका साथै दैनिक उपभोग्य घरायसी सामान, लत्ताकपडा, श्रृंगारका सामानहरुको विक्री वितरण र मनोरञ्जनात्मक प्रस्तुतीहरु रहने आयोजकले जनाएको छ।

मेला सम्पन्न गर्न नेपाल उद्योग वाणिज्य संघको मेला समितिका सभापति नरेन्द्रकुमार प्रधानको संयोजकत्वमा २५१ सदस्यीय मूल आयोजक समिति र पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष पवनकुमार प्रजापतिको संयोजकत्वमा कार्यसम्पादन समितिसँगै विभिन्न २५ वटा उपसमितिहरु गठन गरिएको संघ पोखराका महासचिव बलराम आर्चायले जानकारी दिए। उनका अनुसार डोमतर्फ ७८, अटोतर्फ ४५ र अन्य १२० गरी २५० स्टल रहने मेलाको स्टल बुकिङको काम भइरहेको छ।

८५ लाख खर्च हुने मेलाबाट एक करोड आम्दानी र १५ लाख बचत गर्ने अनुमान आयोजकको रहेको छ । बचत रकम उद्यमशीलता प्रवद्र्धन तथा व्यवसायीहरुको क्षमता अभिवृद्धिको लागि खर्च गरिने आयोजकको भनाइ छ।