१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
२०७९ मङ्सिर २ शुक्रबार ०६:३३:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

एभरेष्टको १२२औँ शाखा पोखराको बिरौटामा

Read Time : < 1 मिनेट
२०७९ मङ्सिर २ शुक्रबार ०६:३३:००

एभरेष्ट बैंक लिमिटेडले पोखराको बिरौटामा आफ्नो १२२औँ शाखा उद्घाटन गरेको छ ।उक्त शाखाको उद्घाटन राष्ट्रिय योजना आयोगका पूर्वसदस्य तथा योजानविद् डा. गणेश गुरुङ र एभरेष्ट बैंकका नायब प्रमुख कार्यकारी अधिकृत विजयकुमार शर्माले संयुक्त रूपमा गरेका हुन् । 

उद्घाटन गर्दै डा. गुरुङले पन्जाब नेसनल बैंक भारतसँग सहकार्य रहेको यस बैंकबाट भारतमा रहने नेपालीलाई आर्थिक कारोबार गर्न थप सहज हुने बताए । यस्तै, नेपाल सरकारको राजस्व संकलन गर्नु र बैंकिङ क्षेत्रमै कम खराब कर्जा रहेको यस बैंकले ल्याउने प्याकेजले नेपालको आर्थिक क्षेत्रमा सुधार गर्न सक्नुका साथै यस क्षेत्रका व्यवसायी, भारतीय पेन्सनरका साथै स्थानीय बासिन्दालाई बैंकिङ कारोबारमा थप सहज हुने उनको भनाइ थियो । योसँगै गण्डकी प्रदेशमा बैंकको शाखा संख्या १२ पुगेको छ ।

बैंकले देशैभर एक सय २२ शाखा सञ्जाल, तीन एक्सटेन्सन काउन्टर, सात प्रादेशिक कार्यालय, एक सय ५७ एटिएमबाट बंैकिङ सेवा प्रदान गर्दै आइरहेको छ । यस्तै, ३२ वटा केन्द्रबाट राजस्व संकलन सेवासमेत दिँदै आएको बैंकले जनाएको छ ।