मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ४ मंगलबार
  • Tuesday, 16 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ मङ्सिर २ शुक्रबार ०८:१९:००
Read Time : < 1 मिनेट
समाचार प्रिन्ट संस्करण

माल्दिभ्सका निर्वाचन प्रमुख र कोरियाका आयुक्त काठमाडौंमा, भारत र भुटानबाट आज आउँदै 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ मङ्सिर २ शुक्रबार ०८:१९:००

माल्दिभ्सको निर्वाचन आयोगका अध्यक्ष फुवाद तौफिक र दक्षिण कोरियाका निर्वाचन आयुक्त काङ सियोङ बे काठमाडौं आइपुगेका छन् । निर्वाचन पर्यवेक्षण तथा अनुगमनका लागि निर्वाचन आयोगको आमन्त्रणमा अध्यक्ष तौफिक बिहीबार दिउँसो र कोरियाका आयुक्त राति काठमाडौं आएका हुन् । 

तौफिकको दुई सदस्यीय प्रतिनिधिमण्डललाई आयोगका सहसचिव विश्वप्रसाद अर्याल र काङको तीन सदस्यीय प्रतिनिधिमण्डललाई उपसचिव सूर्यप्रसाद अर्यालले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए । 

भारतका प्रमुख आयुक्त राजीव कुमार र भुटानका प्रमुख आयुक्त सोनम तोप्गे शुक्रबार आउँदै छन् । भारतीय प्रमुख आयुक्त शुक्रबार पोखरा जाने र शनिबार दिउँसो मात्रै काठमाडौं फर्किने कार्यक्रम रहेको आयोगका सहायक प्रवक्ता कमल भट्टराईले जानकारी दिए । उनका अनुसार बंगलादेशबाट प्रमुख आयुक्त काजी हबिबुल अवल शनिबार आउनेछन् । श्रीलंकाले निर्वाचन आयुक्त पठाउने तय गरे पनि बिहीबार रद्द गरेको भट्टराईले जानकारी दिए ।

परराष्ट्र मन्त्रालयले समन्वय गरिरहेको जापानका विदेश राज्यमन्त्री ताकेई सुनसुके नेतृत्वको पाँच सदस्यीय टोली मतदानको दिन नै आउने र भोलिपल्ट फर्किने प्रमुख आयुक्त दिनेश थपलियाले बताए । निर्वाचनसम्बन्धी काम–कारबाहीको पर्यवेक्षणद्वारा निर्वाचनको विश्वसनीयता अभिवृद्धि गर्न पाहुनाले निर्वाचन पर्यवेक्षण गर्ने उनको भनाइ छ । उनीहरूले काठमाडौं उपत्यकाभित्र मतदानको अवलोकन गर्नेछन् ।