मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७९ मङ्सिर १ बिहीबार १६:०२:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

गठबन्धनले जिते मात्र संविधानको रक्षा हुन्छ : देउवा

Read Time : < 1 मिनेट
२०७९ मङ्सिर १ बिहीबार १६:०२:००

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गठबन्धनका उम्मेदवारलाई जिताए मात्र संविधानको रक्षा हुने बताएका छन्। त्यसका लागि उत्साहका साथ गठबन्धनका पक्षमा भोट हाल्न उनले अछाममा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै आग्रह गरे। 

केपी ओलीले दुईपटक संविधान विघटन गरेपछि निकै अन्याेलपूर्ण अवस्थामा आफूहरूले एक ठाउँमा उभिएर संविधानको रक्षाकै लागि गठबन्धन बनाएको देउवाले बताए। ओलीले राष्ट्रपतिलाई राति उठाएर संविधान सिध्याउने काम गरेपछि असहज अवस्थामा पनि आफूहरू अदालतसम्म पुगेर संविधान जोगाउन सफल भएको उनले उल्लेख गरे।

गठबन्धनको सोही कदमकै कारण अहिले सबै जातजाति र भाषाभाषीले आफ्नो अधिकार पाइरहेको भन्दै देउवाले अब पनि देश र संविधानको हित गर्न आगामी पाँच वर्षका लागि गठबन्धनकै सरकार निर्माण हुने दाबी गरे। ओलीकै गलत कदमले देश अलमलमा परेको दोहोर्‍याउँदै उनले अब समृद्धि र उन्नतिका लागि गठबन्धनले सहमति र सहकार्यका आधारमा देशलाई अघि बढाउने प्रतिबद्धता गरे।