मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
२०७५ चैत १७ आइतबार ०७:५३:००
Read Time : < 1 मिनेट
प्रदेश

प्रदेश २ एसइई प्रश्नपत्र आउट प्रकरण : जितपुर तनावग्रस्त इलाका प्रहरी कार्यालय तोडफोड

Read Time : < 1 मिनेट
२०७५ चैत १७ आइतबार ०७:५३:००

एसइई परीक्षा स्थगित भएपछि प्रदर्शनमा उत्रिएका विद्यार्थी र प्रहरीबीच झडप हुँदा बाराको जितपुर दिनभर तनावग्रस्त बन्न पुग्यो । सडकमा उत्रिएका विद्यार्थीलाई हटाउन प्रहरीले बल प्रयोग गरेपछि स्थिति तनावपूर्ण बनेको थियो । 

प्रहरीले यातायात खुलाउने क्रममा बल प्रयोग गरेको भन्दै आक्रोशित विद्यार्थीले प्रहरीमाथि ढुंगा प्रहार गरेपछि दोहोरो झडप भएको हो । झडपका क्रममा विद्यार्थी र प्रहरी दुवैतर्फ घाइते भएका छन् । घाइतेमध्ये विद्यार्थी रमिता चौधरी, स्थानीय हरिशंकर गुप्तालगायतलाई उपचारका लागि वीरगन्ज लगिएको छ । झडपमा प्रहरी जवान ललनदेव यादव, एके सिंह, निरु श्रेष्ठलगायत घाइते भएका छन् । 

झडप नियन्त्रणभन्दा बाहिर गएपछि प्रहरीले दर्जनौँको संख्यामा हवाई फायर र अश्रुग्यास प्रहार गरेको थियो । प्रदर्शनकारीले जितपुरस्थित इलाका प्रहरी कार्यालयमा ढुंगा प्रहार गर्दा ढोका र झ्यालका सम्पूर्ण सिसा फुटेका छन् । उनीहरूले सशस्त्र प्रहरीको ना१झ ७१२ नम्बरको जिपमा तोडफोड र आगजनी गरेका छन् । 

प्रहरी कार्यालयको बा२प ७५२४ नम्बरको मोटरसाइकल आगजनी गरिएको छ । प्रहरीले राजमार्गबाट प्रदर्शनमा उत्रिएकामध्ये आठजनालाई नियन्त्रणमा लिएको छ । नियन्त्रणमा लिइएकालाई जिल्ला प्रहरी कार्यालयमा राखिएको प्रहरी उपरीक्षक सानुराम भट्टराईले जानकारी दिए । स्थिति सामान्य बनेपछि बेलुका ४ बजेदेखि यातायात सञ्चालनमा आएको थियो ।