Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका न्युयोर्क
२०७९ कार्तिक ३० बुधबार ०७:१६:००
Read Time : < 1 मिनेट
विश्व प्रिन्ट संस्करण

विश्वको जनसंख्या ८ अर्ब, १२ वर्षमा १ अर्ब थपिए 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, न्युयोर्क
२०७९ कार्तिक ३० बुधबार ०७:१६:००

 गत १२ वर्षमा एक अर्ब मानिस थपिएसँगै नोभेम्बर १५ देखि विश्वको जनसंख्या आठ अर्ब पुगेको छ । संयुक्त राष्ट्रसंघले सोमबार सार्वजनिक गरेको प्रतिवेदनले विश्वको जनसंख्या आठ अर्ब पुगेको उल्लेख गरेको हो ।

 प्रतिवेदनले औसत आयुमा वृद्धि र बाल मृत्युदरको कमीलाई जनसंख्या वृद्धिको मुख्य कारण मानेको छ ।विश्वको जनसंख्या एक अर्बले बढ्न १२ वर्ष  लागेको र अर्को अर्ब थपिन करिब १५ वर्ष लाग्ने अनुमान गरिएको छ ।

विश्वको जनसंख्याको वृद्धि कोभिड–१९ महामारीमा समेत जारी रहेको र यो अवधिमा जनसंख्या एक करोड ६० लाखदेखि दुई करोड ८० लाखले बढेको आकलन छ । यो संख्या यस अवधिमा भएका मृत्युको २० प्रतिशत हाराहारी हो ।