मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ कार्तिक ३० बुधबार ०६:०८:००
Read Time : < 1 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

बिहीबार रातिदेखि सबै नाका बन्द हुने 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ कार्तिक ३० बुधबार ०६:०८:००

निर्वाचन सुरक्षालाई लक्षित गरी मंसिर १ गते बिहीबार मध्यरातिदेखि भारतसँगका सबै नाका बन्द हुने भएको छ । बिहीबार राति १२ बजेदेखि ४ मंसिर आइतबार निर्वाचनको दिन बेलुकासम्म नाका बन्द गर्न सरकारले भारतीय अधिकारीसँग समेत समन्वय गरेको छ । 

चुनावको वेला नाका बन्द गर्न भारतीय पक्षलाई आग्रह भइसकेको गृह मन्त्रालयका प्रवक्ता फणीन्द्रमणि पोखरेलले बताए । निर्वाचनको ७२ घन्टाअघि नाका बन्द हुने, तर अत्यावश्यक अवस्थामा भने आवातजावत गर्न पाइनेछ । 

त्यस्तै, निर्वाचनका लागि सरकारले दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ । मतदानको दिन ४ मंसिर र भोलिपल्ट सार्वजनिक बिदा दिने निर्णय भएको हो । मतदानको दिन कर्मचारी अबेरसम्म खटिनुपर्ने र भोलिपल्टै कार्यालय गएर काम गर्न कठिन हुने भएकाले ५ गते पनि बिदा दिने निर्णय गरिएको उनले बताए ।

निर्वाचनको अघिल्लो दिन ३ मंसिरमा शनिबार परेकाले सार्वजनिक बिदा छ । मतदानस्थल रहेका विद्यालयमा भने २ देखि ५ मंसिरसम्म बिदा दिने निर्णय गरिएको छ । अधिकांश मतदानस्थल विद्यालयमा छन् । गत ३० वैशाखको स्थानीय निर्वाचनमा मतदानको दिन मात्र सार्वजनिक बिदा दिइएको थियो ।