१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ कार्तिक २९ मंगलबार १७:१२:००
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

नेप्से ६ अंकले गिरावट, कारोबार रकम एक अर्बमाथि

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ कार्तिक २९ मंगलबार १७:१२:००

मंगलबार नेप्से परिसूचक सामान्य अंकले घटेको छ। सोमबार २१.२९ अंक बढेको नेप्से मंगलबार ६.५९ अंकले घटेर एक हजार ८९७.८६ बिन्दुमा झरेको हो। त्यस्तै, सेन्सेटिभ इन्डेक्स १.३३ अंकले घटेको छ भने फ्लोट इन्डेक्स ०.३१ अंक र सेन्सेटिभ इन्डेक्स ०.४० अंकले घटेको छ।

मंगलबार कारोबारमा आएका २२९ कम्पनीको २७ लाख ४५ हजार कित्ता सेयर एक अर्ब २ करोड ३६ लाख रुपैयाँबराबरमा खरिदबिक्री भएको छ। नेप्से परिसूचक घटे पनि कारोबार रकम भने बढेको छ। सोमबार ९४ करोडबराबरको सेयर कारोबार भएको थियो।

नेप्सेका १३ उपसमूहमध्ये ३ उपसमूहको परिसूचक बढेको छ भने बाँकी १० उपसमूहको परिसूचक घटेको छ। जसमा व्यापार, निर्जीवन बिमा र बैंकिङ उपसमूहको परिसूचक बढेको छ। यता उत्पादन तथा प्रशोधन, वित्त उपसमूहको परिसूचक घटेको छ।

मंगलबार सिटिजन्स म्युचुअल फन्ड १ को इकाइ मूल्य ४.५८ प्रतिशत बढेको छ। अन्य स्टकहरूको मूल्य वृद्धिदर भने ३ प्रतिशतभन्दा कम रहेको छ। तारागाउँ रिजेन्सी होटेलको शेयरमूल्य ८.५६ प्रतिशत घटेको छ। कारोबार रकमका आधारमा मंगलबार हिमालयन डिस्ट्रिलरीको ८ करोड २२ लाख रुपैयाँभन्दा बढीको सेयर खरिदबिक्री भएको छ।