मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७९ कार्तिक २९ मंगलबार १३:०७:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

ललितपुर १ मा स्वतन्त्र पार्टीका उम्मेदवार अनशनमा

Read Time : < 1 मिनेट
२०७९ कार्तिक २९ मंगलबार १३:०७:००

ललितपुर निर्वाचन क्षेत्र १ का उम्मेदवार सचिन घिमिरे अनशन बसेका छन्। जिल्लाको दक्षिणी भेगका समस्याको समाधानको माग राख्दै गोदावरीको टाखेलमा घिमिरेले आमरण अनशन सुरु गरेका हुन्।

राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार घिमिरेले सात बुँदे माग राखेका छन्। निवर्तमान सांसदले आफ्नो कार्यकालमा गरेको आयव्याय र विकास निर्माण खर्च विवरण सार्वजनिक गर्नुपर्ने, गोदावरी क्षेत्रमा बाँदर व्यवस्थापन गर्नुपर्ने, दक्षिण ललितपुरका विद्यार्थीलाई प्राविधिक शिक्षा अध्ययनका लागि स्थानीय तहले सहयोग गर्नुपर्ने, गोदावरी नगरपालिकाले किशोरीहरूलाई आइरन चक्की बाँड्न नहुने, माल्टाका दुई रोगीको उपचार सहज बनाउनुपर्नेलगायत माग उनले राखेका छन्।