१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७९ कार्तिक २९ मंगलबार ११:५९:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

सानिमा बैंकले सुरु गर्‍यो भिसा डाइरेक्ट सेवा

Read Time : < 1 मिनेट
२०७९ कार्तिक २९ मंगलबार ११:५९:००

 सानिमा बैंकले आफ्ना ग्राहकका लागि सानिमा भिसा डाइरेक्ट नामक सेवा सञ्चालनमा ल्याएको छ । बैंकले सेवामार्फत ग्राहकले विदेशबाट पठाएको पैसा तुरुन्तै प्राप्त गर्न सक्ने सुविधा सञ्चालनमा ल्याएको हो । 

विश्वभरबाट सानिमाको भिसा कार्ड नम्बरमा इन्टरनेट बैंकिङ, मोबाइल बैंकिङ र एटिएमजस्ता विभिन्न डिजिटल माध्यमबाट सजिलै रकमान्तर गर्न सकिने बैंकले जनाएको छ । यो सेवा नवीन प्रविधि भएकाले विश्वभरबाट सानिमा बैंकको भिसा कार्ड नम्बरमा पैसा प्राप्त गर्ने उपयुक्त वैकल्पिक माध्यम रहेको बैंकको दाबी छ । यो सेवा बैंकले भिसा इन्टरनेसनलसँगको सहकार्यमा सञ्चालन गरेकाले सरल, सुरक्षित र छरितो रहेको बैंकले जनाएको छ । 

हाल बैंकले देशका सातै प्रदेशमा एक सय ३० कार्यालय तथा एक सय २३ एटिएममार्फत सेवा प्रदान गरिरहेको जनाइएको छ ।