मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ कार्तिक २९ मंगलबार ११:५२:००
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

ग्लोबल आइएमई र बैंक अफ काठमाण्डू मर्जरको अन्तिम समझदारी

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ कार्तिक २९ मंगलबार ११:५२:००

ग्लोबल आइएमई बैंक लिमिटेड र बैंक अफ काठमाण्डू लिमिटेडबीच एक–आपसमा गाभ्न–गाभिनका लागि अन्तिम समझदारीपत्रमा हस्ताक्षर भएको छ । समझदारीपत्रमा ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकाल तथा बैंक अफ काठमाण्डू लिमिटेडका अध्यक्ष प्रकाश श्रेष्ठले हस्ताक्षर गरेका हुन् । 

यसअघि दुवै बैंक मर्जर प्रयोजनका लागि मूल्यांकनकर्ताबाट प्राप्त चल–अचल सम्पत्ति, दायित्व तथा कारोबारको मूल्यांकन प्रतिवेदनका आधारमा निर्धारण गरिएको सेयर स्वाप अनुपात १ः१ दुवै बैंकका सञ्चालक समितिले अनुमोदन गरिसकेको जनाइएको छ । मर्जरपश्चात् बैंकको कुल पुँजी ५७ अर्ब रुपैयाँ, चुक्ता पुँजी ३५ अर्ब ७७ करोड रुपैयाँ, कुल निक्षेप चार खर्ब रुपैयाँ, कुल कर्जा तीन खर्ब ७९ अर्ब रुपैयाँभन्दा बढी पुग्ने उल्लेख छ । दुवै बैंकले असोज मसान्तसम्म एक अर्ब ४७ करोड रुपैयाँभन्दा बढी खुद नाफा आर्जन गरिसकेका छन् । मर्जरपछि बन्ने नयाँ बैंक कुल पुँजी, चुक्ता पुँजी तथा व्यवसायको आकारको हिसाबले नेपालको सबैभन्दा ठूलो बैंक बन्ने दाबी गरिएको छ । 

नयाँ बैंकको नाम ग्लोबल आइएमई बिओके लिमिटेड हुने र सञ्चालक समितिमा ग्लोबल आइएमई बैंकको तर्फबाट अध्यक्ष चन्द्रप्रसाद ढकालसहित पाँचजना र बैंक अफ काठमाण्डूको तर्फबाट दुईजना रहने जनाइएको छ । प्रमुख कार्यकारी अधिकृत ग्लोबल आइएमई बैंकका रत्नराज बज्राचार्य रहने जनाइएको छ ।  दुई बैंकहरूको मर्जरपश्चात् कुल तीन सय ८५ शाखा, तीन सय ६७ एटिएम, दुई सय ७५ शाखारहित बैंकिङ सेवा, ६१ विस्तारित शाखा कार्यालयहरू, तीनवटा विदेशस्थित सम्पर्क कार्यालय पुग्ने बैंकले जनाएको छ । त्यसका साथै ४० लाखभन्दा बढी ग्राहकसहित अन्य धेरै वित्तीय परिसूचकहरूमा ग्लोबल आइएमई बिओके लिमिटेड मुलुकको सबैभन्दा ठूलो बैंक हुने दाबी गरिएको छ । 

हस्ताक्षरपछि ग्लोबल आइएमई बैंकका अध्यक्ष ढकालले मुलुकको आवश्यकताअनुसार बैंकिङ क्षेत्रको विकास हुने बताए । ठूला पूर्वाधारमा लगानी गर्न, मुलुकभर वित्तीय पहुँच पु¥याउन र बैंकिङ लागत घटाउन ठूला र सबल बैंकको आवश्यकता रहने र मर्जरपछि बन्ने बैंकले त्यसको सम्बोधन गर्ने उनको भनाइ थियो । बैंक अफ काठमाण्डूका अध्यक्ष श्रेष्ठले देशको आर्थिक विकास र समृद्धिमा बैैंक तथा वित्तीय संस्थाको भूमिका महत्वपूर्ण रहने बताए । उनले भने, ‘देशको आर्थिक रूपान्तरण र आर्थिक समृद्धिका लागि ठूलो, सक्षम र राम्रो बैंकको आवश्यकता पर्छ । त्यसको सम्बोधन मर्जरपछि बन्ने ग्लोबल आइएमई बिओकेले गर्नेछ ।’