मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
एजेन्सी इस्तानबुल
२०७९ कार्तिक २९ मंगलबार १०:१४:००
Read Time : < 1 मिनेट
दृष्टिकोण प्रिन्ट संस्करण

इस्तानबुल विस्फोटमा आतंककारीको हात : राष्ट्रपति एर्दाेगान

Read Time : < 1 मिनेट
एजेन्सी, इस्तानबुल
२०७९ कार्तिक २९ मंगलबार १०:१४:००

 टर्कीको स्तानबुलमा भएको आक्रमण आतंककारीले गराएको आशंका टर्कीले गरेको छ । राष्ट्रपति रिसेप तैयप एर्दाेगानले यो कार्य आतंककारीबाट गरिएको आततायी कार्य भएको टिप्पणी गरेका छन् । आइतबार इस्तानबुलमा आयोजित एक पत्रकार सम्मेलनमा उनले भने, ‘मैले सय प्रतिशत नै आतंककारी हमला त भन्न सक्दिनँ, तर पनि यो काम आतंककारीकै हो भन्ने हाम्रो प्रारम्भिक अनुसन्धानले देखाएको छ ।’    

 एर्दोगानले जी२० को सम्मेलनमा सहभागी हुन इन्डोनेसिया प्रस्थान गर्नुअघि इस्तानबुलमा आयोजित पत्रकार सम्मेलनमा यस्तो प्रतिक्रिया दिएका हुन् । उनले यो आक्रमणको पूर्ण अनुसन्धान जारी नै रहेको तर अहिलेसम्मको अनुसन्धानले कुनै एक महिलाले आत्मघाती हमला गराएकोजस्तो देखिएको बताए । इस्तानबुलमा आइतबार अपराह्न बम आक्रमण भएको थियो । अज्ञात व्यक्तिबाट भएको सो बम विस्फोटनमा परेर कम्तीमा ६ जनाको ज्यान गएको छ भने ५३ घाइते भएका छन् ।