मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
लक्ष्मण खनाल
२०७५ मङ्सिर ८ शनिबार ०४:४०:००
Read Time : < 1 मिनेट
प्रवास

एनआरएन युएईको बार्षिक भेला सम्पन्न

Read Time : < 1 मिनेट
लक्ष्मण खनाल
२०७५ मङ्सिर ८ शनिबार ०४:४०:००

‘सामुहिक लगानी, श्रम मैत्री र स्वरोजगार, सामाजिक सुरक्षा, राष्ट्र समृद्धिको आधार’ भन्ने नाराका साथ गैर आवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद युएईको बार्षिक पार्षद भेला शुक्रबार दुबई स्थित काल्टन टावर होटलमा सम्पन्न भएको छ ।

एनआरएन युएईका अध्यक्ष रमेश श्रेष्ठको सभापतित्व रहेको उक्त कार्यक्रममा नेपाली राजदुतावास युएईका कार्यबहाक राजदुत सागर फुँयालको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा विषेश अतिथिहरुमा नेपाल प्रहरीका आइजीपी सर्बेन्द्र खनाल, सिआइबीका निर्देशक डीआइजी निरज शाही, नेपाल प्रहरीको इन्टरपोल शाखाका प्रमुख एसपी उमेशराज जोशी, नेपाल प्रहरीका एसपी देउती गुरुङ्ग रहेका थिए ।

कार्यक्रमका प्रमुख अतिथि नेपाली राजदुतावास युएईका कार्यबहाक राजदुत सागर फुँयालले नेपाल सरकारको ‘समृद्ध नेपाल सुखी नेपाली’को मुल योजना सफल बनाउन परदेशमा रहेका सम्पुर्ण नेपालीहरुको सहयोग रहने विश्वास रहेको बताए । उनले निकट भविष्यमा नै नेपाली दुतावासले युएईमा रहेका सात ओटै प्रान्तमा रहेका केन्द्रीय जेलहरुको भ्रमण गरिने र लेबर क्याम्पहरुमा सचेतना कार्यक्रमहरु लिएर जाने बताउँदै उक्त अभियानमा युएईमा क्रियाशिल विभिन्न संघ संस्थाहरुको सहयोगको अपेक्षा रहेको बताए ।

कार्यक्रममा एनआरएन युएईको तर्फबाट संस्थालाई सहयोग गर्ने विभिन्न व्यक्तित्वहरु र आगन्तुक पाहुनाहरुलाई सम्मान र कदर पत्र वितरण गरिएको थियो ।