• वि.सं २०८१ बैशाख १२ बुधबार
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ जेठ २४ मंगलबार १३:३३:००
मुख्य समाचार

यौन हिंसा दुरुत्साहनसम्बन्धी कानुन संशोधन गर्न सरकार सकारात्मक छ : गृहमन्त्री खाण

नयाँ पत्रिका काठमाडौं
२०७९ जेठ २४ मंगलबार १३:३३:००

गृहमन्त्री बालकृष्ण खाणले यौन हिंसालाई दुरुत्साहन गर्न यससम्बन्धी कानुनहरूलाई संशोधन गर्न सरकार सकारात्मक रहेको बताएका छन्। मंगलबार प्रतिनिधिसभाको बैठकमा गृहमन्त्री खाणले बलात्कार तथा यौन हिंसाको घटनाले प्रश्रय पाउन नहुने बताए।

उनले यौन हिंसालाई दुरुत्साहन गर्न तथा बलात्कारमा प्रताडित भएका महिलालाई सम्मानजनक जीवन जिउनका लागि आवश्यक कानुनी प्रावधानलाई संशोधन गर्न सरकार सकारात्मक रहेको बताए। उनले बलात्कारका घटनामा संलग्न पीडकलाई हदैसम्मको सजायको माग गरिने पनि उल्लेख गरे।

‘यस्तो सामूहिक बलात्कार, यौन हिंसा, बलात्कारले प्रश्रय नपाओस्। त्यसका लागि यो घटनामा सहभागी भएकाहरूलाई हदैसम्मको सजायको माग गरी त्यहीअनुसार आवश्यक निर्णय हुनेछ भन्ने विश्वास व्यक्त गर्न चाहान्छु,’ उनले भने, ‘नेपाल सरकार पनि सम्बन्धित कानुनहरूलाई परिमार्जन गर्ने सन्दर्भमा सकारात्मक छ।’