• वि.सं २०८१ बैशाख १३ बिहीबार
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ जेठ १७ मंगलबार १४:३७:००
सप्तरंग

नाटक ‘चोरको स्वर’ शुक्रबारदेखि मण्डला थिएटरमा

नयाँ पत्रिका काठमाडौं
२०७९ जेठ १७ मंगलबार १४:३७:००

थापागाउँस्थित मण्डला थिएटरमा नाटक ‘चोरको स्वर’ मञ्चन हुने भएको छ। आर्टमान्डुको प्रस्तुतिमा जेठ २० गते शुक्रबारदेखि नाटक मञ्चन हुन लागेको हो। नाटक लिम्बू संस्कृतिमा आधारित छ।

नवीन चौहानले लखेकाे कथालाई अनिल सुब्बा र अन्वेश राई थुलुङले परिकल्पना तथा निर्देशन गर्न लागेका हुन्। नाटकले पूर्वको लिम्बू समुदायभित्रको सामाजिक तथा सांस्कृतिक विषयवस्तुलाई समेटेको निर्देशक सुब्बाले बताए।

‘लिम्बू समुदायमा भागी विवाह गर्दा केटा पक्षबाट केटी पक्षकोमा तपाईंहरूको चेली हामीसँग सुरक्षित छ भनेर जाने चलन छ। त्यही चलनलाई चोरको स्वर भनिन्छ। यही सेरोफेरमा नाटकको कथा घुमेको छ,’ सुब्बाले भने।

अहिले नाटकको रिहर्सल चलिरहेको छ। कोरोना महामारीपछि जाग्दै गरेको रंगमञ्चमा नाटक ‘चोरको स्वर’ले अर्को इँटा थप्ने उनको भनाइ छ। नाटक सोमबारबाहेक हरेक दिन साँझ ५ बजे मञ्चन हुनेछ।