• वि.सं २०८० चैत १६ शुक्रबार
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ जेठ १७ मंगलबार १४:२७:००
मुख्य समाचार

अर्थमन्त्रीलाई सांसद भट्टराईको प्रश्न– कमिसन नआउने भएर शिक्षा र स्वास्थ्यको बजेट घटाएको हाे ?

नयाँ पत्रिका काठमाडौं
२०७९ जेठ १७ मंगलबार १४:२७:००

प्रमुख प्रतिपक्ष दल एमालेका सचिव तथा सांसद योगेश भट्टराईले आगामी वर्षको बजेट चौबाटोमा उभिएको टिप्पणी गरेका छन्। मंगलबार प्रतिनिधिसभाको बैठकमा उनले उत्पादक शक्तिहरूको विकास र उत्पादनका साधनहरूको अधिकतम उपयोग गर्ने कुरालाई बजेटले चासो नदिएको बताए।

‘कतैकतै यो बजेट हेर्दा लेससफियरको गन्ध आउँछ, कतैकतै यो बजेट हेर्दा ७०–८० दशकतिरको माओ त्से तुङको गन्ध आउँछ। कतैकतै यो बजेट हेर्दा अलिअलि मार्क्सको पनि गन्ध आउँछ। यो बजेट वास्तवमा के हो ? मेरो विचारमा यो चौबाटोमा उभिएको छ। कता जाने यसले गन्तव्य निश्चित गरेको छैन। त्यसको अर्थ यो कतै पनि जाँदैन । यो त्यहीँ बस्छ, अलमलिएर बस्छ। यसले कुनै गन्तव्य लिनेवाला छैन । र, मुलुकलाई कुनै हित हुनेवाला छैन,’ उनले भने।

सांसद भट्टराईले अघिल्लो वर्षको बजेटबारे अर्थमन्त्री जनार्दन शर्माको टिप्पणीप्रतिसमेत प्रश्न गरेका छन्। कमिसन नआउने भएर नै शिक्षा र स्वास्थ्य क्षेत्रको बजेट कटौती गरिएको हो भन्दै उनले अर्थमन्त्री जनार्दन शर्मालाई प्रश्न गरेका हुन्। अर्थमन्त्रीहरूले कमिसन नआउने भएर शिक्षा र स्वास्थ्यमा कम बजेट ल्याउने गरेको भन्ने शर्माको अघिल्लो बजेटबारेको टिप्पणी अहिले टिकटकमा भाइरल छ।