• वि.सं २०८१ बैशाख ११ मंगलबार
  • वि.सं २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024
२०७९ जेठ १७ मंगलबार १३:५९:००
समाचार

नापी कार्यालय भैरहवाका अमिन ३० हजार घुससहित पक्राउ

२०७९ जेठ १७ मंगलबार १३:५९:००

नापी कार्यालय भैरहवाका अमिन टेकबहादुर रायमाझीलाई अख्तियारको टोलीले पक्राउ गरेको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलको टोलीले रायमाझीलाई ३० हजार रुपैयाँ घुससहित पक्राउ गरेको आयोगका सूचना अधिकारी वेदप्रसाद भण्डारीले जानकारी दिए।

सिद्धार्थनगर नगरपालिका– १२ स्थित जग्गाको हालसाबिकका लागि ३० हजार घुस लिँदै गर्दा रायमाझीलाई निवासबाट पक्राउ गरिएको अख्तियारले जनाएको छ।