• वि.सं २०८१ बैशाख ८ शनिबार
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७९ जेठ ३ मंगलबार २३:०९:००
मुख्य समाचार

निलम्बित सांसद बानियाँका छोरा पेस्तोलसहित पक्राउ 

२०७९ जेठ ३ मंगलबार २३:०९:००

नेकपा एमालेका निलम्बित सांसद सदस्य मोहन बानियाँका कान्छा छोरा हतियारसहित पक्राउ परेका छन्। जिल्लाको खत्याड गाउँपालिका - ७ माझचौरमा बानियाँका कान्छा छोरा अर्पण बानियाँ पेस्तोलसहित पक्राउ परेका हुन्। 

प्रहरीका अनुसार पक्राउ परेका बानियाँलाई प्रहरी चौकी माझ चौरमा राखिएको छ। भोलि नै जिल्ला प्रहरी कार्यालय ल्याई अनुसन्धान गरी हातहतियार कसुरसम्बन्धी कानुनबमोजिम कारबाही अगाडि बढाइने प्रहरीले बताएको छ।