
बर्दियाको गेरुवा गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका उम्मेदवार जमानसिंह केसी र उपाध्यक्षमा नेपाली कांग्रेसकै लक्ष्मीकुमारी चौधरी विजयी भएका छन् । अध्यक्ष केसीले ७ हजार ६ सय ९८ मत ल्याएर विजयी हुँदा उनका निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका विश्वबहादुर थारूले ६ हजार ६ सय २० मत प्राप्त गरे । त्यस्तै अध्यक्षका अर्का उम्मेदवार नेकपा एमालेका भरतबहादुर धामीले एक हजार ८ सय ५१ मत प्राप्त गरी तेस्रो भए ।
उपाध्यक्षमा विजयी चौधरीले ८ हजार एक सय ५३ मत प्राप्त गर्दा उनकी निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रकी लीला चौधरीले ६ हजार ५ सय ८३ मत प्राप्त गरिन् । त्यस्तै, नेकपा एमालेकी उपाध्यक्षकी उम्मेदवार मञ्जु शर्माले दुई हजार दुई सय ४३ मत प्राप्त गरिन् ।
०७४ सालको स्थानीय चुनावमा गेरुवा गाउँपालिकाको प्रमुख र उपप्रमुख पद नेपाली कांग्रेसले जितेको थियो । सो निर्वाचनमा पनि अध्यक्षमा केसी निर्वाचित भएका थिए ।
त्यसैगरी गेरुवा गाउँपालिकाका ६ वटै वडामा नेपाली कांग्रेसले विजयी हासिल गरेको छ । वडा नं १ मा कर्मप्रसाद चौधरीे, २ मा कृष्ण थारू, ३ मा निर्मल चौधरी, ४ मा महेन्द्रप्रसाद चौधरी, ५ मा धर्मप्रकाश थारू र वडा नं ६ मा कृष्णगोपाल चौधरी विजयी भएका छन् ।