• वि.सं २०८१ बैशाख १३ बिहीबार
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७९ जेठ ३ मंगलबार २१:१४:००
निर्वाचन

धादिङको बेनीघाट रोराङमा अध्यक्षमा माओवादी र उपाध्यक्षमा समाजवादी विजयी 

२०७९ जेठ ३ मंगलबार २१:१४:००

धादिङको बेनीघाट रोराङ गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्रका कृष्णबहादुर थपलिया विजयी भएका छन् । उनले सात हजार छ सय ८० मत प्राप्त गरी विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका देवप्रसाद त्रिपाठीले पाँच हजार ७२ मत प्राप्त गरेका छन् । 

त्यस्तै, उपाध्यक्षमा एकीकृत समाजवादीका टापबहादुर श्रेष्ठ विजयी भएका छन् । उनले पाँच हजार नौ सय १ मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेकी हिरादेवी रेग्मीले चार हजार छ सय ६७ मत प्राप्त गरेका छन् ।

गाउँपालिकाको वडा नं १ मा नेपाली कांग्रेसका जीवनसिं तामाङ, २ मा माओवादी केन्द्रका हेमराज भुजेल, ३ मा एमालेका भुवन त्रिपाठी, ४ मा माओवादी केन्द्रका राजुबहादुर मगर, ५ मा माओवादी केन्द्रका रोशनकुमार सिलवाल विजयी भएका छन् । त्यस्तै, वडा नम्बर ६ मा माओवादी केन्द्रका टेकनाथ सिलवाल, ७ मा माओवादी केन्द्रका कुमार बस्नेत, ८ मा माओवादी केन्द्रका राजकुमार श्रेष्ठ, वडा नम्बर ९ मा एमालेका देवीबहादुर खड्का र वडा नम्बर १० मा नेपाली कांग्रेसका विकाश प्रजा विजयी भएका छन् ।