Skip This
Skip This
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७९ जेठ ३ मंगलबार २१:१२:००
निर्वाचन

नवराजपुर गाउँपालिकामा जसपा विजयी

२०७९ जेठ ३ मंगलबार २१:१२:००

सिराहाको नवराजपुर गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा जनता समाजवादी पार्टी (जसपा) विजयी भएको छ। अध्यक्षमा जसपाका शिवउदगार यादव 'शिवा' २ हजार बढी मतान्तरले विजयी भएका हुन्। उनले ४ हजार ५५४ मत ल्याएको निर्वाचन अधिकृतको कार्यालयले नवराजपुरले जनाएको छ।  निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका विश्वमोहन यादवले २ हजार ५२५ मत मात्र ल्याएका छन्। 

यस्तै, उपाध्यक्षमा जसपाकै पुनमकुमारी यादव ४ हजार ३१८ मत ल्याएर विजयी भएकी छिन्। निकटतम प्रतिद्वन्द्वी कांग्रेसकै शोभाकुमारी यादव २ हजार ३८५ मत ल्याएकी छिन्। जसपाले नवराजपुर गाउँपालिका १, २, ३, ५ र नेपाली कांग्रेस ४ नम्बर वडामा वडाध्यक्षमा निर्वाचित भएको छ।