Skip This
Skip This
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
हदिश खुद्दार जनकपुरधाम
२०७९ जेठ ३ मंगलबार १९:२१:००
निर्वाचन

धनुषाको विदेह नगरपालिकामा एमाले विजयी

हदिश खुद्दार जनकपुरधाम
२०७९ जेठ ३ मंगलबार १९:२१:००

धनुषाको विदेह नगरपालिकामा एमाले विजयी भएको छ । मेयरमा एमालेका बेचन दास ४ हजार ४ सय १२ मतसहित विजयी भएका हुन् । 

दासका निकटतम प्रतिस्पर्धी एकीकृत समाजवादीका राजकिशोर यादवले ३ हजार ४ सय २६ मत ल्याए ।

उपमेयरमा पनि एमालेका उम्मेदवार आशादेवी झा ४ हजार ६ सय ५९ मत ल्याई विजयी भएका हुन् भने निकटतत प्रतिस्पर्धी एकीकृत समाजवादीकी सीमाकुमारी महतोले २ हजार ८ सय २७ मत ल्याएकी थिइन् ।