• वि.सं २०८१ बैशाख ८ शनिबार
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ जेठ ३ मंगलबार १८:५६:००
मुख्य समाचार

नवीन श्रीवास्तव नेपालका लागि भारतीय राजदूत 

नयाँ पत्रिका काठमाडौं
२०७९ जेठ ३ मंगलबार १८:५६:००

भारतीय विदेश मन्त्रालयका अतिरिक्त सचिव (पूर्वी एसिया) नवीन श्रीवास्तव नेपालका लागि भारतको नयाँ राजदूत नियुक्त भएका छन्। भारतीय विदेश मन्त्रालयले  आज यो घोषणाा गरेको हो। यसअघि राजदूत रहेका विनयमोहन क्वात्रा विदेश सचिव भएपछि उनको स्थानमा सरकारले श्रीवास्तवलाई पठाउन लागेको हो।

विदेश सेवामा सन् १९९३ ब्याचका अधिकृत श्रीवास्तवले यसअघि मन्त्रालयको पूर्वी एसिया विभागमा रहेर चीनलगायत मामिलामा काम गरिसकेका छन्।  श्रीवास्तवले पूर्वी लद्दाख र गलवान उपत्यकामा चिनियाँ सेनासँग भएको भारतीय सेनाको घम्साघम्सीपछि  चिनियाँ विदेश मन्त्रालयका अधिकारीहरूसँग सीमा व्यवस्थापनसम्बन्धी द्विपक्षीय समन्वय समिति (एमसिसी) बैठकमा भारतीय पक्षको नेतृत्व गरेका थिए।