• वि.सं २०८१ बैशाख १३ बिहीबार
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७९ जेठ ३ मंगलबार १८:४६:००
निर्वाचन

गोरखाको गण्डकी गाउँपालिकामा अध्यक्ष माओवादी, उपाध्यक्ष कांग्रेस विजयी

२०७९ जेठ ३ मंगलबार १८:४६:००

गोरखाको गण्डकी गाउँपालिकामा अध्यक्षमा माओवादी र उपाध्यक्षमा कांग्रेसले जितेको छ । अध्यक्षमा माओवादी केन्द्रका दीपक तिमिल्सिना र उपाध्यक्षमा कांग्रेसकी ललिता अधिकारी विजयी भएका हुन् ।

अध्यक्षमा तिमिल्सिनाले ६ हजार ३ सय २६ मत ल्याए भने उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका होमबहादुर रानाले ४ हजार ६ सय ५५ मत प्राप्त गरे ।

उपाध्यक्षमा विजयी अधिकारीले ४ हजार ८ सय २१ मत प्राप्त गरिन् । उनका प्रतिस्पर्धी जसपाका भीमप्रसाद श्रेष्ठले ४ हजार ४४ मत प्राप्त गरे ।