• वि.सं २०८१ बैशाख १२ बुधबार
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
२०७९ जेठ ३ मंगलबार १८:०४:००
निर्वाचन

गजुरी गाउँपालिका अध्यक्षमा माओवादी र उपाध्यक्षमा कांग्रेस विजयी

२०७९ जेठ ३ मंगलबार १८:०४:००

धादिङको गजुरी गाउँपालिकामा गठबन्धनका उम्मेदवारहरू विजयी भएका छन्। गाउँपालिका अध्यक्षमा नेकपा (माओवादी केन्द्र)का उम्मेदवार गणेशलाल श्रेष्ठ ६ हजार ३ सय ०८ मत प्राप्त गरी विजयी भएका छन्। उनका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले)का राजेन्द्रविक्रम बस्नेतले ४ हजार ५१ मत प्राप्त गरेका छन्।

उपाध्यक्षमा नेपाली कांग्रेसकी उम्मेदवार शर्मिला बिसुराल विजयी भएकी छिन्। उनले ५ हजार ६ सय ९९ मत प्राप्त गर्दा उनकी निकटतम प्रतिस्पर्धी एमालेकी भगवती खतिवडाले ३ हजार ५ सय ९२ मत प्राप्त गरेकी छिन्।

गजुरीको वडा नं १ मा माओवादी केन्द्रका तारानाथ भण्डारी तथा २, ३ र ४ मा कांग्रेसका उम्मेदवारहरू क्रमशः द्रोण कँडेल, ऋषिलाल श्रेष्ठ र सुरेन्द्र प्रजा विजयी भएका छन्। वडा नं. ५, ६, ७  र ८ मा माओवादी केन्द्रका उम्मेदवारहरू क्रमशः गोविन्द लामिछाने, भक्तबहादुर तामाङ, बद्रीप्रसाद जमकटेल र देवराज ओझा विजयी भएका छन्।